ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ। परमेश्वर पिता सृष्टि र मानव जातिको पतन परमेश्वर पुत्र परमेश्वर पवित्र आत्मा बाइबल ख्रीष्टीय जीवन जियाइ यस जीवन पश्चात्
2023 जुलाई 19 in ख्रीष्टियान जीवन 4 minutes
प्रार्थना भनेको परमेश्वर पितालाई येशू ख्रीष्टको नाउँमा चढाइने नम्र बिन्ती हो। प्रार्थना भनेको स्वर्गमा हुनुहुने प्रेमिलो पिताको सामु हामी आफैँलाई अभिव्यक्त गर्नु हो। प्रार्थनामा हाम्रो आत्माले हाम्रो बोलिएको शब्दहरूद्वारा वा विचारहरूद्वारा समेत पनि परमेश्वरसँग कुराकानी गर्दछ। हामीले परमेश्वरसँग सञ्चार गरेको उहाँ चाहनुहुन्छ। हामी उहाँको सामु कृतज्ञता, अनुरोधहरू र निराशाहरू लिएर आउन सक्छौं। जसै हामी परमेश्वरसँग दिनदिनै कुरा गर्छौं, उहाँले हामीलाई दर्शन दिनुहुन्छ, हाम्रो जीवनलाई स्थिर गर्नुहुन्छ, र हाम्रो बिन्ती सुन्नुहुन्छ। “तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ” (यूहन्ना १५:७)।
2019 अप्रिल 4 in ख्रीष्टियान जीवन 4 minutes