मुक्ति,उद्धार

हरेक व्यक्तिले आफू स्वयमलाई यो महत्वपूर्ण प्रश्न सोध्नैपर्छ “उद्दार पाउनलाई मैले के गर्नुपर्छ ?” धेरै मानिसहरूले चाहिँ आफ्नो उद्धार भइ‌सकेको छ भनेर विश्वास गर्दछन्, तर यसो भए तापनि येशूले भन्नु भएको छ, “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ” (मत्ती ७:२१) । उद्धार पाएका व्यक्ति हुनका लागि चाहिँ ख्रीष्टले हाम्रा पापहरू क्षमा गर्नुहुनेछ भन्ने वचनलाई विश्वास गर्नु आवश्यक छ । त्यसपछि हामीले ती पापहरूको पश्चात्ताप गरेको हुनुपर्छ, पवित्र जीवन बिताउनु पर्छ र एक-अर्कालाई प्रेम गरेको पनि हुनुपर्छ । धेरै संख्यामा रहेका धर्महरूद्वारा पहिले देखिनै तयार पारिएका धेरै शिक्षाहरूलाई सिकाउने कार्य गरिने भएको कारणले गर्दा, यो प्रश्न अवश्य पनि सोध्न सकिन्छ कि "वास्तवमा सत्य के हो ?"

अडियो वा सुन्नको लागि

तपाईं नयाँ गरी जन्मनुपर्छ

उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्‌। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।

“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।

अडियो वा सुन्नको लागि

पश्चात्ताप कृपाको ढोका

पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।

यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?