तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत् थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ । एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।