तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत् थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ । एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।
येशू तपाईंको साथी मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत् थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।