उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।
2019 अप्रिल 4 in मुक्ति,उद्धार , Web-Only-Paragraph 4 minutes
“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।
2019 अप्रिल 4 in मुक्ति,उद्धार 5 minutes
पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।
2019 अप्रिल 4 in मुक्ति,उद्धार 4 minutes
यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?
2019 अप्रिल 4 in मुक्ति,उद्धार 7 minutes