येशू

अडियो वा सुन्नको लागि

जान्नुपर्ने सर्वोत्तम कथा

एक समयमा यो संसारमा केही पनि थिएन। न माछा। न आकाशमा तारा। न समुन्द्र, न त सुन्दर फुलहरू नै। सबै शून्य र अन्धकार थियो। तर परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्‌” र त्यो बनियो! उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो। अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो।

Albanian Amharic Arabic Bengali Chinese English Ewe French Haitian Creole Hindi Indonesian Japanese Kazakh Korean Malayalam Mongolian Mossi Norwegian Persian Polish Portuguese Punjabi Russian Shona Southern Sotho Spanish Swedish Tagalog Tajik Tamil Thai Turkish Ukrainian Urdu Vietnamese Waray (Philippines)

2019 अप्रिल 4 in  येशू 4 minutes

अडियो वा सुन्नको लागि

तपाईंको लागि जवाफ

तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत्‌ थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ । एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।

Arabic Bengali Cebuano Chinese Dutch English French German Haitian Creole Hindi Indonesian Italian Japanese Kazakh Khmer Kinyarwanda Korean Lingala Mossi Norwegian Oromo Persian Plautdietsch Portuguese Punjabi Rundi Russian Southern Sotho Spanish Swahili (Macrolanguage) Swedish Tajik Telugu Thai Turkish Vietnamese Waray (Philippines)

2019 अप्रिल 4 in  येशू, प्रेम, सुसमाचार 3 minutes

अडियो वा सुन्नको लागि

परमेश्वरको उपहार: तपाईंको लागि

समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।

Arabic Bengali Cebuano Dutch English French Haitian Creole Hindi Indonesian Japanese Kazakh Khmer Korean Lingala Norwegian Persian Portuguese Rundi Russian Southern Sotho Spanish Swahili (Macrolanguage) Swedish Tajik Thai Urdu Vietnamese Waray (Philippines)

2019 अप्रिल 4 in  येशू 4 minutes

अडियो वा सुन्नको लागि

तपाईंको लागि एक मुक्तिदाता

के तपाईं खुसी व्यक्ति हुनुहुन्छ? डर र पापको दोषले तपाईंको खुसीलाई खोस्न सक्छ। तपाईंलाई लाग्न सक्छ, “म कसरी खुसी हुन सक्छु?” तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु। उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो।

Arabic Bemba (Zambia) Bengali Cebuano Chinese Dutch English French German Haitian Creole Hindi Indonesian Italian Japanese Kazakh Khmer Kinyarwanda Korean Lingala Malagasy Mongolian Mossi Norwegian Persian Plautdietsch Polish Portuguese Rundi Russian Southern Sotho Spanish Swahili (Macrolanguage) Swedish Tajik Telugu Thai Turkish Urdu Vietnamese Waray (Philippines)

2019 अप्रिल 4 in  येशू 4 minutes

अडियो वा सुन्नको लागि

तपाईंको लागि एउटा साथी

येशू तपाईंको साथी मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस्‌ भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्‌। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत्‌ थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।

Amharic Arabic Assamese Bemba (Zambia) Bengali Cebuano Chinese Dutch English Ewe French German Haitian Creole Hindi Indonesian Japanese Karbi Kazakh Khmer Kinyarwanda Korean Lingala Malagasy Mongolian Mossi Norwegian Nyanja Oromo Persian Plautdietsch Polish Portuguese Punjabi Rundi Russian Southern Sotho Spanish Swahili (Macrolanguage) Swedish Tajik Telugu Thai Tonga (Zambia) Turkish Ukrainian Uzbek Vietnamese Waray (Philippines)

2019 अप्रिल 4 in  येशू, प्रेम, मित्रता, एक्लोपन 2 minutes