हरेक व्यक्तिले आफू स्वयमलाई यो महत्वपूर्ण प्रश्न सोध्नैपर्छ “उद्दार पाउनलाई मैले के गर्नुपर्छ ?” धेरै मानिसहरूले चाहिँ आफ्नो उद्धार भइसकेको छ भनेर विश्वास गर्दछन्, तर यसो भए तापनि येशूले भन्नु भएको छ, “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ” (मत्ती ७:२१) । उद्धार पाएका व्यक्ति हुनका लागि चाहिँ ख्रीष्टले हाम्रा पापहरू क्षमा गर्नुहुनेछ भन्ने वचनलाई विश्वास गर्नु आवश्यक छ । त्यसपछि हामीले ती पापहरूको पश्चात्ताप गरेको हुनुपर्छ, पवित्र जीवन बिताउनु पर्छ र एक-अर्कालाई प्रेम गरेको पनि हुनुपर्छ । धेरै संख्यामा रहेका धर्महरूद्वारा पहिले देखिनै तयार पारिएका धेरै शिक्षाहरूलाई सिकाउने कार्य गरिने भएको कारणले गर्दा, यो प्रश्न अवश्य पनि सोध्न सकिन्छ कि "वास्तवमा सत्य के हो ?"
नयाँ गरी जन्मनु भन्नुको अर्थ के हो ?
धेरै मानिसहरूले शुरूमा नयाँ जन्मको अनुभव नगरिकनै प्रभुको सेवकाइ गर्ने प्रयास गर्दछन् तर के तिनीहरूले उद्धार पाएका छन् ? येशूले भन्नुभयो “कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन” (यूहन्ना ३:३) । जब येशूले यो संसारलाई छोड्नुभयो, उहाँले पवित्र आत्मालाई पठाउनुभयो । “अनि जब उहाँ आउनुहुन्छ, उहाँले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा दोषी ठहराउनुहुनेछ” (यूहन्ना १६:८) । पवित्र आत्माले मानिसलाई पापको (पापी आचरणको) बारेमा सचेत गराउने काम गर्नुहुनेछ । जब मानिसले आफ्ना पापहरूको बोझलाई, महसुस गर्न थाल्दछ, उसले आफ्नो हृदयमा आफैलाई दोषी ठहराउछ । यदि उसले आफैलाई नम्र तुल्याएर येशूमाथि राखिएको विश्वासद्वारा आफ्नो सारा हृदयले परमेश्वरलाई पुकारा गर्दछ भने, त्यसपछि परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ । “यसकारण पश्चात्ताप गर्नुहोस् र फर्कनुहोस, कि तपाईंहरूका पाप मेटिऊन” (प्रेरित ३:१९) । पापहरूलाई पश्चात्ताप गरिने कार्यमा चाहिँ ती पापहरूप्रति दुःखी हुनु र ती सबै पापलाई त्यागेर एउटा नयाँ जीवनको बाटोमा लागिने कामहरू सामवेश छन् । जब यो घटित हुन्छ, तब पवित्र आत्मा त्यस मानिसको हृदयमा प्रवेश गर्नुहुन्छ र त्यो व्यक्ति नयाँ गरी जन्मन्छ ।
“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो । पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ” (२ कोरिन्थी ५:१७) |
यो नयाँ जन्मको कसलाई खाँचो छ ?
“किनकि सबैले पाप गरेका छन्, र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्” (रोमी ३:२३) । पवित्र आत्माबाट प्रेरणा पाएर अगमवक्ता यशैयाले मानव जातिको पापहरूका निम्ति हाम्रा प्रभु येशूले भोग्नुहुने कष्टका बारेमा भविष्यवाणी समेत गरे । तिनले भने, “हामी सबै भेडाझैँ बरालिएका छौं । हामी हरेक आफ्नै बाटोतिर लागेका छौं,” (यशैया ५३:६) । येशूले सत्यताको खोजकर्ता निकोदेमसलाई स्पष्टरूपमा भन्नुभयो कि कोही नयाँ गरी जन्मेन भने उसले परमेश्वरको राज्य देख्न सक्दैन । यो आत्मिक जन्म पवित्र आत्माको काम हो। उद्धार पाउनलाई इच्छा गरेका जति सबैले नै यस जन्मको अनुभव गर्नु आवश्यक छ ।
आफ्नो पापको बोझले दबिएका र चिन्तित सबैलाई येशूकहाँ आउन र आफ्नो पापबाट क्षमा पाउन आमन्त्रित गरिएको छ । येशूले निम्तो दिनुहुन्छः “हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु । मेरो जुवा आफूमाथि लेओ, र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ । किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ” (मत्ती ११:२८-३०) । येशूले कष्ट भोग्नुभयो, आफ्नो रगत बहाउनुभयो, र हाम्रो पापका निम्ति क्रूसमा मर्नुभयो: “र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापका निम्ति पनि” (१ यूहन्ना २:२) ।
पश्चाताप
पश्चाताप, पाप-स्वीकार र क्षतिपूर्ति - यी समस्त कुराहरू चाहिँ हाम्रा सारा हृदय, आत्मा, मस्तिष्क र सामर्थ्यका साथमा प्रभु येशूकहाँ आउने कार्यसँग जोडिएका भाग मात्र हुन् । “आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले ती स्वीकार गर्छ र त्याग्छ, त्यसले कृपा पाउँछ” (हितोपदेश २८:१३) । “यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (१ यूहन्ना १:९) । यदि हामीले हाम्रा सहकर्मी वा कुनै अन्य मानिसका विरुद्धमा गल्ती गरेका छौं भने, हामीले सो गल्तीलाई मानिलिनुपर्दछ र हाम्रा पापहरूलाई स्वीकार गर्नुपर्दछ र आवश्यकता परेका ठाउँमा क्षतिपूर्ति पनि दिनुपर्दछ “जखायसले खडा भएर प्रभुलाई भने, प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु” (लूका १९:८) ।
विश्वास र आज्ञाकारिता
विश्वासयोग्य खीष्टियान जीवन बिताउनलाई चाहिँ हामीले त्यस बेलादेखि यतामात्र प्रयास गर्छौं जुन बेलामा हामीले नयाँ जन्मको अनुभव गर्दछौं । येशूले आफ्ना अनुयायीहरूलाई यस्तो निर्देशन दिनुहुन्छ: “कोही मेरो पछि आउने इच्छा गर्दछ भने, उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्” (मत्ती १६:२४) । आफूलाई संसारबाट निष्कलङ्क राख्नुपर्छ भनेर पनि हामीलाई दृढ चेतावनी दिइएको छ । “संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर । यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन । किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्” (१ यूहन्ना २:१५,१६) ।
ख्रीष्टियान व्यक्तिले पवित्र आत्माको अगुवाइलाई पछ्याएर यस कार्यलाई पूरा गर्न सक्षम हुनेछ । पवित्र आत्माले नै परमेश्वरले चाहनु भए अनुसारको जीवन बिताउनलाई निर्देशन र सामर्थ्य दिनुहुनेछ । “जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुनेछ, तब उहाँले तिमीहरूलाई सबै सत्यतामा डोर्याउनुहुनेछ” (यूहन्ना १६:१३) । यस प्रयासका परिणामहरूले परिवर्तित (बदलिएको) हृदय ल्याउनेछ; विश्वासको एउटा यस्तो जीवन जसले आज्ञाकारिता पैदा गर्नेछ । “कामद्वारा नै विश्वास पूर्ण भएको थियो” (याकूब २:२२) । एक खीष्टियान व्यक्ति अब आफ्नो लागि होइन, तर येशूको लागि बाँच्छ ।
पवित्र आत्माको आत्मिकरूपमा रहने सदाको उपस्थितिले चाहिँ एक ख्रीष्टियानको हृदयमा एउटा गहिरो प्रेमको भावना जागृत गराइदिन्छ । उसले नयाँ गरी जन्मिसकेका अरु खीष्टियानहरूसँगको संगति खोज्नेछ । यस संगतिको एकताले एकअर्कासँग खुला हृदयले आफ्ना कुराहरूलाई बाँड्न प्रोत्साहित गर्छ । योचाहिँ एक खीष्टियानको लागि एउटा सहयोग (आड) हो र यसले उसलाई आत्मिक रूपमा बढ़न मद्दत गर्दछ ।
जब हामी नयाँ गरी जन्मन्छौं, हाम्रो नाउँ जीवनको पुस्तकमा लेखिन्छ । “जसको नाउँ जीवनको पुस्तकमा लेखिएको भेट्टाइएन त्यो अग्नि-कुण्डमा फालियो” (प्रकाश २०:१५) । हाम्रा पापहरू क्षमा भएका छन् र हामी हाम्रा हृदयहरूमा आनन्द र शान्ति महसुस गर्छौं । शैतानले हामीलाई अनाज्ञाकारी हुनलाई परीक्षा गरेर हामीबाट उद्धारको यो वरदान चोर्नलाई प्रयास गर्नेछ, तर यदि हामी विश्वासमा अटल रह्यौं भने, परमेश्वरले हामीलाई सुरक्षा दिने र बचाउने ( छुटकारा दिने) प्रतिज्ञा गर्नुभएको छ । “यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्दछन्” (रोमी ८:१)-KJV । “ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ” (१ तिमोथी ४:८) ।