आफ्नै घर प्यारो हुन्छ
बाइबलले हामीलाई घरपरिवारको निम्ति एउटा निश्चित खाका दिन्छ जसको रूपरेखा सुन्दर छ, संरचनामा मजबुत छ, र वातावरणमा चाहिँ मनोहर छ । घर चाहिँ तालमेल मिलेको र सन्तोषको एउटा स्थान, अथवा बेचैनी (तनावग्रस्त) र द्वन्द्व (कलह, फुट) को स्थान पनि हुन सक्छ । के तपाईंको घर खुशीले भरिएको छ, बलियो र जीवनका आँधीबेहरीहरूबाट बच्न सक्षम छ ?
घरपरिवार एउटा महत्त्वपूर्ण सामाजिक एकाइ हो । यसलाई हाम्रो आत्मिक विकास, भावनात्मक खुशी र शारीरिक इच्छा पूरा गर्नको लागि परमेश्वरद्वारा स्थापना गरिएको हो । परमेश्वरको योजना सधै यही रहेको छ कि घरका सदस्यहरूले एक-अर्काको निम्ति खुशी ल्याउनु पर्छ र त्यसको साथमा परिवारहरू चाहिँ मेलमिलापमा रहनु पर्छ ।
किन केही घरहरू बेचैन छन्
किन, त्यसो भए, धेरै घरहरू खुशीले भरिएका छैनन् ? ती किन कलह, विछोड र सम्बन्धविच्छेदद्वारा टुटिरहेका छन् ? यसो हुँदैछ, किनकि परमेश्वरको ढाँचालाई बेवास्ता गरिएको छ । उहाँको वचनभित्र नै खुशीले भरिएको घरलाई खाँचो पर्ने निर्माण सामग्री पाइन्छ । उहाँको वचन अनुसार बनाइएका घर परिवारहरू प्रेम, भरोसा, आपसी चासो र एक-अर्काको निःस्वार्थ सेवा गर्ने ठाउँहरू हुन् । त्यस्ता घरपरिवारहरूले हाम्रा जीवनमा खुशी ल्याउनेछन् र हाम्रा समुदाय र राष्ट्रहरूको संरक्षण गर्नेछन् । के तपाईंले मास्टर आर्किटेक्ट (घर बनाउनुहुने मालिक) परमेश्वरको योजनालाई पछ्याउँदै हुनुहुन्छ ? “ परमप्रभुले नै घर नबनाउनुभए त, बनाउनेहरूले गरेको परिश्रम व्यर्थ हुन्छ " (भजनसंग्रह १२७:१) ।
युवा अवस्थामा नै, हाम्रो भविष्यका घरहरूको लागि जग बसालिएको हुन्छ । परमेश्वरको सामुन्ने शुद्ध जीवन जिउनु नै विवाहको लागि हाम्रो तयारीमा हुनुपर्ने एउटा महत्त्वपूर्ण अंश हो । विवाह पूर्व गरिएको पापमय कार्यले नजानिँदो पाराले नैतिक स्थिरतालाई कमजोर बनाउँछ र भविष्यको घरपरिवारलाई नाश हुने खतरामा पार्दछ । हाम्रो युवा अवस्थामा रहेका स्वार्थी र स्वदुराचारले नै जीवन जिउने एउटा यस्तो ढाँचा बनाइ दिन्छ, जसले विवाहपछि व्यापक दुःख-कष्ट, र गम्भीर समस्याहरू निम्त्याउँछ । सम्बन्धविच्छेदको उच्च दर नै यी तथ्यहरूको पर्याप्त प्रमाण हो । ख्रीष्टमा एउटा नयाँ जीवन प्राप्त हुन अघि यी पापहरूलाई पूर्ण तवरले पश्चात्ताप गरिएको हुनुपर्दछ । तब मात्र विगतमा भएको कुरोलाई समाप्त गर्न सकिन्छ र परमेश्वर उहाँका आशिषहरूका साथमा त्यहाँ प्रवेश गर्नुहुनेछ ।
एउटा घर तब शुरु हुन्छ जब एक जना पुरुष र एक जना स्त्री एकसाथ विवाह बन्धनमा बाँधिएका हुन्छन् । बाइबलले हामीलाई भन्दछ कि हामीले विवाह गर्ने व्यक्ति चाहिँ “ प्रभुकै जन हुनुपर्छ " (१ कोरिन्थी ७:३९) | त्यसको मतलब यही हो कि ती पुरुष र स्त्री दुवैले आफ्ना जीवन र इच्छाहरूलाई प्रभुमा समर्पण गरेका छन् । परमेश्वरलाई पहिलो स्थान दिइएको हुनुपर्दछ । जब पुरुष र स्त्री दुवै निःस्वार्थ हुन्छन्, तिनीहरुले आपसी खुशीको आनन्द लिन सक्छन् ।
प्रभुमा विवाह गर्नु
“ प्रभुमा " विवाह गर्नु भन्नुको मतलव पुरुष र स्त्री ख्रीष्टियानहरू हुन् भन्ने मात्र होइन, तर प्रभुले तिनीहरूलाई एक-अर्काको नजिक हुनलाई पनि डोर्याउनुहुनेछ भन्ने हुन्छ । जोस, आवेग र क्षणिक, लाडप्यार एवं प्रशंसाद्वारा उक्साउनु चाहिँ विवाहको लागि तुच्छ शुरुवातहरू हुन् । जब यी कुराहरू नै एक अर्का प्रति हुने हाम्रो आकर्षणका आधार बन्दछन्, तब ता विवाह पछि त्यहाँ दिक्दार, असन्तुष्टि र अनमेल इच्छाहरू हुन सक्दछन् । जसै हामीले आफ्नो रोजाइलाई मार्गदर्शन गर्नका निम्ति प्रभुमा भरोसा गर्दछौं, उहाँको ईश्वरीय बुद्धिले अघिबाटै त्यस जीवनसाथीलाई देख्नुहुन्छ जो हामीलाई आवश्यक पर्नेछ । उहाँको योजना न केवल आजको लागि हो तर आउनेवाला वर्षोंवर्षसम्मको लागि पनि हो । प्रभुले फरक फरक रुचि र मिजास भएकाहरूलाई रोज्न सक्नुहुन्छ जुन एक-अर्काको पुरक हुनेछन्, जसको परिणामस्वरूप त्यहाँ एउटा अधिक मात्रामा सन्तुलित एकाइ बन्नेछ । “ र ती दुइ जना एउटै शरीर हुनेछन् " (मर्कूस १०:८) ।
विवाह भनेको जीवनभरको लागि रहनुपर्ने बाँधिएको सम्बन्ध हो, यो केवल एउटा कानूनी करार मात्र चाहिँ होइन । येशूले यो स्पष्ट आदेश दिनुभयो, “ यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टयाओस् ” (मत्ती १९:६) ।
परमेश्वरले स्थापित गर्नुभएको एउटा सुनिश्चित अवस्था
घर आफैभित्र नै एउटा सानो समुदाय हो, र, हरेक सामाजिक एकाइ जस्तै, यहाँ पनि जिम्मेवारीका क्षेत्रहरूलाई सुम्पिएको हुनु आवश्यक छ । परमेश्वरले हामीलाई बाइबलमा यसको सुनिश्चित अवस्था (वा, अनुक्रम) को एउटा रूपरेखा दिनुभएको छ । यो चाहिँ अधिकारको एउटा ढाँचा हो जसलाई, यदि पालन गरियो भने, त्यसले घरपरिवारमा सुव्यवस्था र खुशी ल्याउनेछ । त्यस सुव्यवस्थामा, सबै भन्दा ठूलो जिम्मेवारी पतिको त्यसपछि पत्नीको र त्यसपछि बच्चाको हुन आवश्यक छ । (१ कोरिन्थी ११:३, र एफिसी ५:२२-२४ लाई पनि पढ्नुहोस्) । जब परमेश्वरले कुनै सिद्धान्तलाई स्थापित र स्वीकृत गर्नुहुन्छ, त्यो पवित्र हुन पुग्दछ । त्यस आदेशलाई कुनै पनि प्रकारले उल्लंघन गरियो भने त्यसले तोकिएको हदअनुसार नै दुःख ल्याउनेछ । तर अर्कोतर्फ, उहाँले तिनीहरूलाई चाहिँ धार्मिकता, खुशी र अनुग्रहका साथमा आशिष् दिनुहुन्छ जो आज्ञाकारी छन् ।
विवाहको समयमा, पति र पत्नीले एउटा वैवाहिक मिलनको शुरुवात गर्दछन् जसमा प्रत्येकको जिम्मेवारी र दायित्व रहेको हुन्छ । घरलाई पूर्ण बनाउनका लागि ती दुवैमा रहेका विभिन्न खास क्रियाकलापहरू र स्वाभाविक क्षमताहरूको साथको खाँचो पर्दछ । कसैले यसको नेतृत्व लिनुपर्छ, र परमेश्वरले यो पद मानिसलाई सुम्पिदिनु भएको छ । “ किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ ... र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो " (एफिसी ४:२३, २५) । यस्तो प्रेम आफैलाई अर्पण गरिदिने आत्मामा डुबेको हुन्छ । यो चाहिँ हेरचाह, वास्ता गर्ने प्रेम हो जुन प्रेमले गर्दा पतिले आफ्नो पत्नीलाई “ आफ्नै शरीरलाईझैँ व्यवहार गर्नको लागि कारण उत्पन्न गराइदिन्छ ” (एफिसी ५:२८) । एउटा प्रेमिलो पतिले आफ्नो पत्नीलाई आफू भन्दा तल्लो स्तरको छ भनी ठान्दैन । बरु तिनले आफ्नो पत्नीमाथि विश्वास गर्नेछन् र उसको सल्लाह खोज्नेछन्, अनि आफ्नो पत्नीको लागि रहेको तिनको प्रेमद्वारा तिनले उसलाई एक साँचो हिस्सेदार बनाउनेछन् ।
“ पत्नी हो, तिमीहरू पनि आफ्ना पतिका अधीनमा रहो " (१ पत्रुस ३:१) । जब एउटा पत्नीले घरमा आफ्नो पतिको अगुवाइलाई पछ्याउँदछ, जसै पतिले चाहिँ आज्ञाकारी भएर ख्रीष्टलाई पछ्याउँदछ, त्यो घर शान्ति र सन्तुष्टिले भरिएको एउटा स्थल बन्नेछ । एफिसी ५:३३ ले भन्दछ, “ र पत्नीले पनि आफ्ना पतिको आदर गरोस् ।" यो सिद्धान्त विरुद्ध गरिएको विद्रोहले आज घरघरमा दुःख, खिन्नता ल्याइदिएको छ । यो सिद्धान्तलाई एकातिर पन्छाउनुले परिवारमा रहेकाहरूको जीवनमा मात्र झगडा उत्पन्न हुँदैन, तर यसले ता पत्नीको हृदयमा पनि आत्मिक द्वन्द्व उत्पन्न गराइ दिन्छ ।
बालबालिका वा छोराछोरीको स्थान
हामीलाई बालवालिकाहरू शुद्ध र निर्दोष छन् भनी सोच्न मन पर्छ । तर खासमा, सबै जना पापी स्वभाव लिएर नै जन्मन्छन् । एउटा बालक, जसै बढ्छ, उसका स्वार्थी स्वभाव झन बढिमात्रामा प्रकट हुँदै जानेछन् । उसले आफै र अरुहरूमाथि तबसम्म अधिक मात्रामा नै खिन्नता ल्याउने छ जबसम्म उसका आमाबुवाले उसमा रहेका यी प्रवृत्तिहरूलाई तालिमद्वारा नियन्त्रणमा ल्याउने छैनन् ।
एउटा बालकको कर्तव्य भनेकै आफ्नो आमाबुवाको आज्ञापालन गर्नु हो । “ छोराछोरी हो, प्रभुमा आफ्ना आमाबाबुको आज्ञापालन गर, किनकि यो उचित हो ” (एफिसी ६:१) । यसको एउटा सिद्ध उदाहरणलाई येशूको जीवनीमा नै देख्दछौं जुन चाहिँ उहाँको बाल्यकालको बारेमा रहेको आलेख हो । “ तब उहाँ तिनीहरूसँग नासरत जानुभयो, र तिनीहरूका आज्ञाकारी भई बस्नुभयो " (लूका २:५१) । जब नम्रतासहित अधीनमा बस्ने सिद्धान्तलाई अभ्यास गरिन्छ र यही नै घरको नियमित कार्यतालिका बन्न पुग्छ, तब ता आमाबुवा र छोराछोरीहरू झन बढी खुशी हुनेछन् र घर चाहिँ अझै बढी खुशी तुल्याउने स्थान बन्ने छ ।
जब परमेश्वरले स्थापित गर्नुभएको सुनिश्चित अवस्था वा अनुक्रमलाई कायम राखिन्छ, तब आमाबुवाहरू छोराछोरीका निम्ति जिउनेछन्, र छोराछोरीहरू चाहिँ आफ्ना आमाबुवाका निम्ति जिउनेछन्, अनि सबैजना चाहिँ परमेश्वरका लागि जिउनेछन् । त्यस्ता घरहरूले हाम्रो समुदायलाई आशिषित तुल्याउनेछन् र हाम्रो राष्ट्रहरूलाई चाहिँ गुणस्तर प्रदान गर्नेछन् ।
धेरै युवाहरू लागूपदार्थ, पागलपन, सनक, उन्माद, चलनचल्तीमा आएको तौरतरिकाहरू, र मनोरञ्जनको संसारमा फँसेका छन् । तिनीहरू एउटा यस्तो गतिशील समाजद्वारा मोहित पारिएका छन् जसले मूल्य मान्यताहरू र नैतिकतालाई त्याग्ने कार्य गरिरहेका छन् । एक समय थियो, जब यी मूल्य मान्यताहरू र नैतिकताले हाम्रा समुदायहरूमा एक हदसम्म अखण्डता र स्थिरतालाई प्रदान गरेको थियो । के सुरक्षित र खुशीले भरिएका घरहरूको अभाव नै हाम्रो बेचैन र असन्तुष्ट युवाहरू भित्र रहेको एउटा कारण हो त ? तपाईंले यसको बारेमा के गर्न सक्नुहुन्छ त ? के तपाईंलाई कुनै पनि बेला यस्तो अनुभव भएको छ कि तपाईंको घरपरिवार बन्नको निम्ति चाहिँ तपाईं र तपाईंको हृदय परमेश्वरप्रति कतिको वफादार छ भन्ने कुरामाथि नै भर परेको छ ?
ख्रीष्ट नै आधार वा जग हुनुहुन्छ
यदि हामी एउटा बलियो र खुशीले भरिएको घर निर्माण गर्न चाहन्छौं भने, येशू ख्रीष्ट नै त्यसको आधार वा जग हुनुपर्दछ । पानी पर्न सक्दछन् र आँधीहरू त्यसमाथि बजारिन सक्दछन्, तर ख्रीष्टमाथि बसालिएको छ भने त्यो खडा रहनेछ (मत्ती ७: २४-२७) । उहाँले हामीलाई यस्तो निर्देशन, शक्ति र साहस दिनुहुनेछ जसले हाम्रो घरहरूलाई यस क्रूर, दया माया नभएको संसारमा सफल र खुशीले भरिएको बनाउनेछ । येशू हाम्रा घरहरूमा बसाइ सर्न, हाम्रो घरमा आउन तयार हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ हेर, म ढोकामा उभिएर ढक् ढक्याउँछु " ( प्रकाश ३:२०) । पहिला चाहिँ, उहाँले हाम्रो हृदयको ढोकामा ढक् ढक्याउनु हुन्छ र त्यसपछि हाम्रो घरका ढोकामा ढक् ढक्याउनु हुन्छ, के हामी उहाँलाई भित्र प्रवेश गर्न दिनेछौं त ?
हाम्रो हृदयहरूमा नै खुशीले भरिएको एउटा घरको शुरुवात हुन्छ । हाम्रो हृदयहरूमा शान्ति नभइकन हामी हाम्रो घरहरूमा वास्तविक शान्तिलाई पाउन सक्दैनौं । जब हामीले परमेश्वरमाथि आफ्नो भरोसा राख्दछौं तब ता दिनभरि सामना गर्नुपर्ने रिस, राग, सन्ताप र निराशाहरूमाथि प्राप्त हुने जीत नै हाम्रो व्यक्तिगत दैनिक विजय हुनसक्दछ । “ जसको मन तपाईंमा अडिएको छ, त्यसलाई तपाईंले पूरा शान्तिमा राख्नुहुन्छ, किनभने त्यसले तपाईंमाथि भरोसा राख्छ " (यशैया २६ : ३) ।
एउटा धार्मिक परिवारले चाहिँ एकसाथ मिलेर तिनीहरूका आफ्नो हृदय, आफ्नो घर, र समुदायको खाँचोहरूका निम्ति प्रार्थना गर्नेछ । प्रार्थनाले परिवारलाई एकसाथ बाँध्छ । जस्तो कि एउटा भनाइ नै छ नि, “ एकसाथ मिलेर प्रार्थना गर्ने परिवार एकसाथ नै मिलेर बस्दछन् ।"
तपाईंको जीवन र घरको निम्ति रहेको परमेश्वरको योजनालाई विश्वास र स्वीकार गर्नुहोस् । ख्रीष्टलाई आफ्नो हृदयको ढोका खोलिदिनुहोस् । “ आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने, आफ्ना हृदयलाई कठोर नपार " (हिब्रू ३:७-८) । तपाईंको हृदय र घरलाई आशिष दिनको लागि परमप्रभु पर्खिरहनु भएको छ । आफ्नो सारा हृदयले उहाँतिर फर्कनुहोस् र विश्वासयोग्य रहनुहोस् । कुनै दिन उहाँले तपाईंको लागि त्यस स्वर्गीय घरको ढोका खोलिदिनुहुनेछ, जहाँ खुशी र पूर्ण शान्तिले तपाईंलाई अनन्त कालसम्मको लागि (सदासर्वदाको लागि) स्वागत गर्नेछ ।