ख्रीष्टियान जीवन
ख्रीष्टीय मत - यो के हो?
ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ।
परमप्रभु परमेश्वरको अनुग्रहमा रहनु
आदिमा, परमप्रभु परमेश्वरले आदम र हव्वालाई सृष्टि गरिसक्नुभएपछि, जब तिनीहरू अदनको बगैंचामा परमेश्वरसँग हिँड्डुल गर्दथे, उहाँले तिनीहरूसँग संगति गर्न मनपराउनु हुन्थ्यो। आदम र हव्वालाई पाप र खराबीको बारेमा केही थाहा थिएन किनभने तिनीहरू निर्दोष र शुद्ध थिए । परमप्रभु परमेश्वरले आदम र हव्वालाई पालन गर्नका लागि केवल एउटा मात्र आज्ञा दिनुभएको थियो । तिनीहरूलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू भनी आज्ञा दिइएको थियो । आदिबाट नै, परमप्रभु परमेश्वरले मानव जातिलाई छनोट गर्ने शक्ति दिनु भएको छ, र उहाँले हामीबाट यो शक्तिलाई कहिल्यै पनि फिर्ता लिनु भएको छैन ।
हामीलाई प्रार्थना गर्न सिकाउनुहोस्
प्रार्थना भनेको परमेश्वर पितालाई येशू ख्रीष्टको नाउँमा चढाइने नम्र बिन्ती हो। प्रार्थना भनेको स्वर्गमा हुनुहुने प्रेमिलो पिताको सामु हामी आफैँलाई अभिव्यक्त गर्नु हो। प्रार्थनामा हाम्रो आत्माले हाम्रो बोलिएको शब्दहरूद्वारा वा विचारहरूद्वारा समेत पनि परमेश्वरसँग कुराकानी गर्दछ। हामीले परमेश्वरसँग सञ्चार गरेको उहाँ चाहनुहुन्छ। हामी उहाँको सामु कृतज्ञता, अनुरोधहरू र निराशाहरू लिएर आउन सक्छौं।