खोजी गरिएका विषयहरूको सूची लोड हुँदैछ
हालैका कुनै खोजहरू छैनन्
कुनै परिणाम छैन को लागि "Query here"
द्वारा खोज्नुहोस् FlexSearch
तपाईंले खोज्नु भएको पृष्ठ अस्तित्वमा छैन वा हटाइएको छ।
ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ।
यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?
एक समयमा यो संसारमा केही पनि थिएन। न माछा। न आकाशमा तारा। न समुन्द्र, न त सुन्दर फुलहरू नै। सबै शून्य र अन्धकार थियो। तर परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्” र त्यो बनियो! उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो। अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो।