येशू

अडियो वा सुन्नको लागि

जान्नुपर्ने सर्वोत्तम कथा

एक समयमा यो संसारमा केही पनि थिएन। न माछा। न आकाशमा तारा। न समुन्द्र, न त सुन्दर फुलहरू नै। सबै शून्य र अन्धकार थियो। तर परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्‌” र त्यो बनियो! उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो। अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो। १. मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।

येशू 4 minutes
अडियो वा सुन्नको लागि

तपाईंको लागि एउटा साथी

येशू तपाईंको साथी मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस्‌ भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्‌। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत्‌ थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ। एक दिन उहाँ फेरि आउँदै हुनुहुन्छ! उहाँमाथि विश्वास गर्ने जति सबैलाई स्वर्गको घरमा उहाँले लानुहुनेछ।

अडियो वा सुन्नको लागि

तपाईंको लागि एक मुक्तिदाता

तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु। उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो। उहाँको पिताले तपाईं र मलाई गर्नुभएको त्यो महान्‌ प्रेम हामीले बुझेको येशूले चाहनुभयो। उहाँको पिताको प्रेमको वर्णन गर्न उहाँले एउटा कथा भन्नुभयो। यो कथा तपाईंले बाइबलमा भएको लूकाको पुस्तकको १५ अध्यायको ११ पददेखि २४ पदसम्ममा पढ्न सक्नुहुन्छ।

येशू 4 minutes

तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ। उहाँले नै यस संसार र यसमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो। तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ। एक दिन येशू आफ्ना साथीहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो। उहाँ सामरियाको एउटा नगरमा आउनुभयो। येशूका साथीहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो। येशूले तिनलाई भन्‍नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्‍याऊ।” त्‍यस स्‍त्रीले भनिन्‌, “मेरो पति छैन।”

अडियो वा सुन्नको लागि

परमेश्वरको उपहार: तपाईंको लागि

समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो। मरियम र स्वर्गदूत येशूको जन्म गोठालाहरू ज्योतिषीहरू परमेश्वरले उपहार दिनुको कारण

येशू 4 minutes