पर्चाहरू
अठचालीस घण्टा नरकमा
जोन एन. रेनोल्ड्स मेरो जानकारीमा आएको हालसम्मकै पुनर्जीवित भएको घटनाहरूमध्येको सबैभन्दा उत्सुकता जगाउनेखालको घटना जेफर्सन जिल्लाका एक कुख्यात घोडा चोर जर्ज लेनोक्सको थियो । उनी कारागारमा दोस्रो पटकको लागि गएका थिए । सोड्विक जिल्लाले उनलाई पहिलो पटक पनि घोडाहरू चोरेको अपराधको निम्ति नै कारागार पठाएको थियो ।
अशान्त संसारमा मनको शान्ति
“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो? मानिसहरू थकित र चिन्तित छन्। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ। मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?
ख्रीष्टीय मत - यो के हो?
ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ।
जान्नुपर्ने सर्वोत्तम कथा
एक समयमा यो संसारमा केही पनि थिएन। न माछा। न आकाशमा तारा। न समुन्द्र, न त सुन्दर फुलहरू नै। सबै शून्य र अन्धकार थियो। तर परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्” र त्यो बनियो! उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो। अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो।
तपाईं नयाँ गरी जन्मनुपर्छ
उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।
तपाईंको लागि एउटा साथी
येशू तपाईंको साथी मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत् थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।
तपाईंको लागि एक मुक्तिदाता
के तपाईं खुसी व्यक्ति हुनुहुन्छ? डर र पापको दोषले तपाईंको खुसीलाई खोस्न सक्छ। तपाईंलाई लाग्न सक्छ, “म कसरी खुसी हुन सक्छु?” तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु। उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत् थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो।
तपाईंको लागि जवाफ – तपाईंको डर र अशान्तिलाई प्रतिस्थापन गर्ने शान्
तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ। उहाँले नै यस संसार र यसमा भएका यावत् थोक बनाउनुभयो। उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ। उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो। तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ। एक दिन येशू आफ्ना साथीहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो। उहाँ सामरियाको एउटा नगरमा आउनुभयो। येशूका साथीहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो।
त्यो कोठा
पवित्र धर्मशास्त्र बाइबलमा हामी पढ्छौं, “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो” (प्रकाश २०:१२)। परमेश्वरले अभिलेख राख्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो। संयुक्त राज्य अमेरिका, मेरील्यान्डका एक युवा मानिस जोसुवा ह्यारिसले प्युर्टो रिकोमा केही समय बिताउँदै थिए। एक रात उनले एउटा सपना देखे। परमेश्वरले उनलाई यो सपना विश्वासयोग्यताको कमीको निम्ति हप्की झैँ गरी दिनुभएको थियो भन्ने उनलाई लाग्यो। यो सपनाले उनलाई येशू ख्रीष्टको र उहाँको रगतको जीवन-रूपान्तरण गर्ने शक्तिको सम्झना दिलायो। यो हामी तपाईंलाई बताउन चाहन्छौं।
परमेश्वरको उपहार: तपाईंको लागि
समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।