पर्चाहरू

अडियो वा सुन्नको लागि

तपाईंको लागि एक मुक्तिदाता

के तपाईं खुसी व्यक्ति हुनुहुन्छ? डर र पापको दोषले तपाईंको खुसीलाई खोस्न सक्छ। तपाईंलाई लाग्न सक्छ, “म कसरी खुसी हुन सक्छु?” तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु। उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत्‌ थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो।

येशू 4 minutes
अडियो वा सुन्नको लागि

तपाईंको लागि जवाफ

तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत्‌ थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ । एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।

अडियो वा सुन्नको लागि

त्यो कोठा

पवित्र धर्मशास्त्र बाइबलमा हामी पढ्छौं, “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्‍ने उभिरहेका देखें, र पुस्‍तकहरू खोलिए। अर्को एउटा पुस्‍तक पनि खोलियो, जो जीवनको पुस्‍तक हो। ती पुस्‍तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो” (प्रकाश २०:१२)। परमेश्वरले अभिलेख राख्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो। संयुक्त राज्य अमेरिका, मेरील्यान्डका एक युवा मानिस जोसुवा ह्यारिसले प्युर्टो रिकोमा केही समय बिताउँदै थिए। एक रात उनले एउटा सपना देखे। परमेश्वरले उनलाई यो सपना विश्वासयोग्यताको कमीको निम्ति हप्की झैँ गरी दिनुभएको थियो भन्ने उनलाई लाग्यो। यो सपनाले उनलाई येशू ख्रीष्टको र उहाँको रगतको जीवन-रूपान्तरण गर्ने शक्तिको सम्झना दिलायो। यो हामी तपाईंलाई बताउन चाहन्छौं।

कथा 7 minutes

आदि‌मा, परमप्रभु परमेश्वर‌ले आदम र हव्वालाई सृष्टि गरिसक्नुभएपछि, जब तिनीहरू अदनको बगैंचामा परमेश्वरसँग हिँड्डुल गर्दथे, उहाँले तिनीहरूसँग संगति गर्न मनपराउनु हुन्थ्यो। आदम र हव्वालाई पाप र खराबीको बारेमा केही थाहा थिएन किनभने तिनीहरू निर्दोष र शुद्ध थिए । परमप्रभु परमेश्वरले आदम र हव्वालाई पालन गर्नका लागि केवल एउटा मात्र आज्ञा दिनुभएको थियो । तिनीहरूलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू भनी आज्ञा दिइएको थियो । आदिबाट नै, परमप्रभु परमेश्वरले मानव जातिलाई छनोट गर्ने शक्ति दिनु भएको छ, र उहाँले हामीबाट यो शक्तिलाई कहिल्यै पनि फिर्ता लिनु भएको छैन ।

अडियो वा सुन्नको लागि

परमेश्वरको उपहार: तपाईंको लागि

समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।

येशू 4 minutes

“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।

अडियो वा सुन्नको लागि

पश्चात्ताप कृपाको ढोका

पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।

अडियो वा सुन्नको लागि

मृत्यु पछि – म मरेपछि के हुन्छ?

यस क्षण तपाईं जीवित हुनुहुन्छ, तपाईंले श्वास फेर्नुहुन्छ, तपाईं हलचल गर्नुहुन्छ, वा काम गर्नुहुन्छ। तपाईं आरामको जीवन वा कष्टको जीवन जिउँदै गर्नुभएको हुनसक्छ। सूर्य उदाउँछ र अस्ताउँछ। कहीँ कतै बच्चा जन्मँदैछ। तर कहीँ कतै कोही मर्दै पनि छ। जीवनको सबै कुरा अस्थायी व्यवस्था मात्र हो। तर, मृत्युपछि तपाईं कहाँ जानुहुनेछ? चाहे तपाईं धर्म मान्ने मानिस हुनुहुन्छ होला, वा कुनै धर्म नमान्ने मानिस हुनुहुन्छ होला। तथापि तपाईंले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जबाफ दिनुपर्छ, किनकि यस संसारको छोटो जीवन पश्चात्‌, मानिस आफ्‍नो अनन्‍तको गन्तव्यमा जानेछ। (उपदेशक १२:५) तर कहाँ?

मादक-पदार्थ लागु-औषध अभिलाषा अपराध कारागार निराशा मृत्यु “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३) तथ्यहरूको सामना गरौं। लागु-औषध, मादक-पदार्थ, र अनैतिकता जस्ता ती भयानक राक्षसहरूले परमेश्वरले बनाउनुभएको सौम्य र असल कुराहरूलाई सङ्कटमा पार्दैछन्‌ र विनाश गर्दैछन्‌। सिकारीले आफ्नो पासोमा सिकार पारे जस्तै, यिनले जवान र वृद्ध दुवैलाई आफ्नो पासोमा पार्दैछन्‌।

नैतिक 4 minutes

यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?