पर्चाहरू

“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।

अडियो वा सुन्नको लागि

पश्चात्ताप कृपाको ढोका

पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।

अडियो वा सुन्नको लागि

मृत्यु पछि – म मरेपछि के हुन्छ?

यस क्षण तपाईं जीवित हुनुहुन्छ, तपाईंले श्वास फेर्नुहुन्छ, तपाईं हलचल गर्नुहुन्छ, वा काम गर्नुहुन्छ। तपाईं आरामको जीवन वा कष्टको जीवन जिउँदै गर्नुभएको हुनसक्छ। सूर्य उदाउँछ र अस्ताउँछ। कहीँ कतै बच्चा जन्मँदैछ। तर कहीँ कतै कोही मर्दै पनि छ। जीवनको सबै कुरा अस्थायी व्यवस्था मात्र हो। तर, मृत्युपछि तपाईं कहाँ जानुहुनेछ? चाहे तपाईं धर्म मान्ने मानिस हुनुहुन्छ होला, वा कुनै धर्म नमान्ने मानिस हुनुहुन्छ होला। तथापि तपाईंले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जबाफ दिनुपर्छ, किनकि यस संसारको छोटो जीवन पश्चात्‌, मानिस आफ्‍नो अनन्‍तको गन्तव्यमा जानेछ। (उपदेशक १२:५) तर कहाँ?

मादक-पदार्थ लागु-औषध अभिलाषा अपराध कारागार निराशा मृत्यु “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३) तथ्यहरूको सामना गरौं। लागु-औषध, मादक-पदार्थ, र अनैतिकता जस्ता ती भयानक राक्षसहरूले परमेश्वरले बनाउनुभएको सौम्य र असल कुराहरूलाई सङ्कटमा पार्दैछन्‌ र विनाश गर्दैछन्‌। सिकारीले आफ्नो पासोमा सिकार पारे जस्तै, यिनले जवान र वृद्ध दुवैलाई आफ्नो पासोमा पार्दैछन्‌।

नैतिक 4 minutes

यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?

प्रार्थना भनेको परमेश्वर पितालाई येशू ख्रीष्टको नाउँमा चढाइने नम्र बिन्ती हो। प्रार्थना भनेको स्वर्गमा हुनुहुने प्रेमिलो पिताको सामु हामी आफैँलाई अभिव्यक्त गर्नु हो। प्रार्थनामा हाम्रो आत्माले हाम्रो बोलिएको शब्दहरूद्वारा वा विचारहरूद्वारा समेत पनि परमेश्वरसँग कुराकानी गर्दछ। हामीले परमेश्वरसँग सञ्चार गरेको उहाँ चाहनुहुन्छ। हामी उहाँको सामु कृतज्ञता, अनुरोधहरू र निराशाहरू लिएर आउन सक्छौं।