जोन एन. रेनोल्ड्स मेरो जानकारीमा आएको हालसम्मकै पुनर्जीवित भएको घटनाहरूमध्येको सबैभन्दा उत्सुकता जगाउनेखालको घटना जेफर्सन जिल्लाका एक कुख्यात घोडा चोर जर्ज लेनोक्सको थियो । उनी कारागारमा दोस्रो पटकको लागि गएका थिए । सोड्विक जिल्लाले उनलाई पहिलो पटक पनि घोडाहरू चोरेको अपराधको निम्ति नै कारागार पठाएको थियो ।
“शान्ति—हाम्रो राष्ट्र, परिवार र मुख्य गरी हाम्रो हृदय र मनको निम्ति—कहाँ छ शान्ति?” यो दर्दनाक चीत्कार युगौँदेखि सुनिँदै आएको छ। के तपाईंको हृदयको पनि चीत्कार यही हो? मानिसहरू थकित र चिन्तित छन्। निःसन्देह नै हामीलाई अगुवाइ र परामर्श, सुरक्षा र निश्चयताको आवश्यकता छ। हामीलाई मनको शान्तिको आवश्यकता छ, हामीलाई यो चाहिएको छ। मनको शान्ति—कति गजबको सम्पत्ति! के यस्तो सम्पत्ति यति बिघ्न द्वन्द्व र चिन्ता, भद्रगोल र दुःखले भरिएको संसारमा पाउन सकिन्छ होला?
हरेक व्यक्तिले आफू स्वयमलाई यो महत्वपूर्ण प्रश्न सोध्नैपर्छ “उद्दार पाउनलाई मैले के गर्नुपर्छ ?” धेरै मानिसहरूले चाहिँ आफ्नो उद्धार भइसकेको छ भनेर विश्वास गर्दछन्, तर यसो भए तापनि येशूले भन्नु भएको छ, “मलाई प्रभु, प्रभु, भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिसले मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ” (मत्ती ७:२१) । उद्धार पाएका व्यक्ति हुनका लागि चाहिँ ख्रीष्टले हाम्रा पापहरू क्षमा गर्नुहुनेछ भन्ने वचनलाई विश्वास गर्नु आवश्यक छ । त्यसपछि हामीले ती पापहरूको पश्चात्ताप गरेको हुनुपर्छ, पवित्र जीवन बिताउनु पर्छ र एक-अर्कालाई प्रेम गरेको पनि हुनुपर्छ । धेरै संख्यामा रहेका धर्महरूद्वारा पहिले देखिनै तयार पारिएका धेरै शिक्षाहरूलाई सिकाउने कार्य गरिने भएको कारणले गर्दा, यो प्रश्न अवश्य पनि सोध्न सकिन्छ कि "वास्तवमा सत्य के हो ?"
सबै जनाले कुनै न कुनै कुराको पूजा, आराधना वा उपासना गर्दछन् । केही मानिसहरूले बस्तुहरूको पूजा गर्छन्, केहीले चाहिँ कुनै मानिसलाई नै पूजा गर्छन्, केहीले भने कुनै एउटा स्वरूप, छवि वा चित्रलाई पूजा गर्छन् र अरुहरूले चाहिँ आफू स्वयम्लाई पूजा गर्छन् । तिनीहरूले विभिन्न तरिकामा आफ्ना देवी-देवताहरूप्रति आफ्नो भक्ति प्रकट गर्छन् । जसै मानिसहरूले ती देवी-देवताहरूलाई आफ्नो भक्ति चढाउँछन्, त्यसो गरिरहँदा पनि तिनीहरूका आफ्ना हृदयहरूमा चाहिँ रोदन वा पुकार र बेचैनी अझै बाँकी रहन्छ । यी मानिसहरू आफ्नो आत्मा (प्राण) का रोदनको निम्ति केवल एउटा अस्थायी राहतलाई मात्र भेट्टाउन सक्षम हुन्छन् र भोलिको सामना गर्ने हिम्मत एकदम कम राख्दछन् । तिनीहरूका निम्ति निराशाजनक कुरा यही हुनपुग्छ कि, भविष्य चाहिँ सधैँ विगत समय जस्तै छ । तिनीहरूले जुन देवताको सेवा गर्दैछन्, मानिसहरूको जीवनमा रहेको रित्तोपनालाई भर्न त्यो देवता असक्षम छ ।
बाइबलले हामीलाई घरपरिवारको निम्ति एउटा निश्चित खाका दिन्छ जसको रूपरेखा सुन्दर छ, संरचनामा मजबुत छ, र वातावरणमा चाहिँ मनोहर छ । घर चाहिँ तालमेल मिलेको र सन्तोषको एउटा स्थान, अथवा बेचैनी (तनावग्रस्त) र द्वन्द्व (कलह, फुट) को स्थान पनि हुन सक्छ । के तपाईंको घर खुशीले भरिएको छ, बलियो र जीवनका आँधीबेहरीहरूबाट बच्न सक्षम छ ?
सबै कहानीहरू मध्ये, खीष्ट जन्मको कहानी नै खीष्टियानहरूका हृदयमा रहेको सबै भन्दा प्रिय (घनिष्ट) कथा हो । सारा युगभरिकै यो एक महान आश्चर्यकर्म हो । यसैमा मानव जाति प्रति रहेको परमेश्वरको प्रेम प्रदर्शित छ । मानिसले पाप गरिकन, आफैलाई परमेश्वरको संगति देखि अलग गरायो । अदनको बगैंचामा आदम र हव्वाले आज्ञा उल्लङ्घन गरिसके पछि परमेश्वरले तिनीहरूलाई उद्धारकर्ता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभयो (उत्पत्ति ३:१५) । जे जति गुमाइएको थियो त्यसलाई फिर्ता ल्याउने वा पुनःस्थापना गर्नु नै परमेश्वरको योजना थियो ।
ख्रीष्टीय मत परमेश्वर, उहाँको पुत्र येशू ख्रीष्ट, र परमेश्वरको वचन बाइबलमा आधारित छ। ख्रीष्टियान एक यस्तो व्यक्ति हो जसले बाइबललाई विश्वास गर्छ र येशू ख्रीष्टको शिक्षाहरूको अनुकरण गर्छ। जीवनको यस मार्गले यहाँ यस पृथ्वीमा शान्ति र सन्तुष्टि ल्याउँछ र हामीलाई स्वर्गको घरको निम्ति तयार गर्छ।
एक समयमा यो संसारमा केही पनि थिएन। न माछा। न आकाशमा तारा। न समुन्द्र, न त सुन्दर फुलहरू नै। सबै शून्य र अन्धकार थियो। तर परमेश्वर हुनुहुन्थ्यो। परमेश्वरसँग राम्रो योजना थियो। उहाँले सुन्दर संसारको बारेमा सोच्नुभयो, र जस्तो उहाँले सोच्नुभयो, त्यस्तै उहाँले बनाउनुभयो। उहाँले सबै थोक शून्यताबाटै बनाउनुभयो। परमेश्वरले जुनसुकै थोक बनाउनुहुँदा, उहाँले यति मात्र भन्नुभयो, “यो बनियोस्” र त्यो बनियो! उहाँले ज्योति बनाउनुभयो। उहाँले नदीहरू र समुन्द्रहरू, घाँसले ढाकिएको पृथ्वी, पशु-पक्षीहरू र रुखहरू बनाउनुभयो। अन्त्यमा, उहाँले एक पुरुष मानिस बनाउनुभयो, अनि त्यस मानिसको निम्ति एक स्त्री बनाउनुभयो। उनीहरूको नाउँ आदम र हव्वा थियो।
उद्धार पाउने एउटै उपाय भनेको नयाँ गरी जन्मनु हो भनी येशूले भन्नुभयो। यसको अर्थ के हो? नयाँ जन्म भनेको बप्तिस्मा लिनु, मण्डलीको सदस्य हुनु, प्रभु-भोजमा सहभागी हुनु, जीवन सुधार हुनु, प्रार्थना गर्नु, वा असल कार्यहरू गर्नु जस्ता कुनै पनि कुरा होइनन्। नयाँ जन्म भनेको हृदयको परिवर्तन हो। हाम्रो पापमय जीवनको निम्ति हामीले पश्चात्ताप गरेर परमेश्वरकहाँ फर्किँदा उहाँले हामीलाई नयाँ जन्म दिनुहुन्छ। हामी नयाँ जन्मको लागि कहिले तयार हुन्छौं भन्ने कुरा परमेश्वरले जान्नुहुन्छ। जब हामी नयाँ गरी जन्मिएका हुन्छौं तब हामीलाई सो थाहा हुन्छ। हामीसँग स्वतन्त्र विवेक, सही कुरा गर्ने इच्छा, र स्वर्गमा भएको घरको सुनिश्चयता हुन्छ।
येशू तपाईंको साथी मेरो एउटा साथी हुनुहुन्छ। उहाँ मेरो अहिलेसम्मकै सबैभन्दा मिल्ने साथी हुनुहुन्छ। उहाँ यति दयालु र सत्य हुनुहुन्छ कि तपाईंले पनि उहाँलाई चिन्नुभएको होस् भन्ने म चाहन्छु। उहाँको नाम येशू हो। कति अचम्म उहाँ तपाईंको पनि साथी बन्न चाहनुहुन्छ! उहाँको बारेमा मलाई केही भन्न दिनुहोस्। यो सत्य कथा हामी बाइबलमा पढ्छौं। बाइबल सत्य छ। यो परमेश्वरको वचन हो। संसार र यसमा भएका यावत् थोक बनाउने परमेश्वर हुनुहुन्छ। उहाँ स्वर्ग र पृथ्वीको प्रभु हुनुहुन्छ। उहाँले सबै थोकलाई जीवन र श्वास दिनुहुन्छ।
के तपाईं खुसी व्यक्ति हुनुहुन्छ? डर र पापको दोषले तपाईंको खुसीलाई खोस्न सक्छ। तपाईंलाई लाग्न सक्छ, “म कसरी खुसी हुन सक्छु?” तपाईंको निम्ति खुसीको खबर छ! तपाईंलाई मद्दत गर्न सक्ने एक व्यक्ति हुनुहुन्छ। उहाँले तपाईंको पापहरू क्षमा गर्न सक्नुहुन्छ र तपाईंलाई टिकिरहने खुसी दिन सक्नुहुन्छ। उहाँको नाम येशू हो। म तपाईंलाई उहाँको बारेमा बताउन चाहन्छु। उहाँको पिता, परमेश्वर, एक हुनुहुन्छ जसले संसारलाई बनाउनुभयो। उहाँले संसारमा भएका यावत् थोक बनाउनुभयो। उहाँले तपाईंलाई र मलाई बनाउनुभयो।
तपाईंको बारेमा सबै कुरा जान्ने कोही हुनुहुन्छ भन्ने कुरा के तपाईंलाई थाहा छ ? परमेश्वरको पुत्र येशूले तपाईंले गर्नुभएका हरेक कुरा जान्नुहुन्छ । उहाँले नै यस संसार र यसमा भएका यावत् थोक बनाउनुभयो । उहाँले विगत, वर्तमान र भविष्य जान्नुहुन्छ । उहाँले तपाईंलाई प्रेम गर्नुहुन्छ र उहाँ तपाईंलाई पापबाट बचाउनको निम्ति यस संसारमा आउनुभयो । तपाईंको जीवनमा खुसी ल्याउनको निम्ति उहाँसँग एउटा योजना छ । एक दिन येशू आफ्ना चोलाहरूसँग यात्रा गर्दै हुनुहुन्थ्यो । उहाँ सामरियाको एउटा नगरमा आउनुभयो । येशूका चोलाहरू खाना किन्नको निम्ति गएको बेलामा उहाँ आराम गर्न एउटा इनारको छेउमा बस्नुभयो ।
पवित्र धर्मशास्त्र बाइबलमा हामी पढ्छौं, “मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेका देखें, र पुस्तकहरू खोलिए। अर्को एउटा पुस्तक पनि खोलियो, जो जीवनको पुस्तक हो। ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक, तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो” (प्रकाश २०:१२)। परमेश्वरले अभिलेख राख्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो। संयुक्त राज्य अमेरिका, मेरील्यान्डका एक युवा मानिस जोसुवा ह्यारिसले प्युर्टो रिकोमा केही समय बिताउँदै थिए। एक रात उनले एउटा सपना देखे। परमेश्वरले उनलाई यो सपना विश्वासयोग्यताको कमीको निम्ति हप्की झैँ गरी दिनुभएको थियो भन्ने उनलाई लाग्यो। यो सपनाले उनलाई येशू ख्रीष्टको र उहाँको रगतको जीवन-रूपान्तरण गर्ने शक्तिको सम्झना दिलायो। यो हामी तपाईंलाई बताउन चाहन्छौं।
आदिमा, परमप्रभु परमेश्वरले आदम र हव्वालाई सृष्टि गरिसक्नुभएपछि, जब तिनीहरू अदनको बगैंचामा परमेश्वरसँग हिँड्डुल गर्दथे, उहाँले तिनीहरूसँग संगति गर्न मनपराउनु हुन्थ्यो। आदम र हव्वालाई पाप र खराबीको बारेमा केही थाहा थिएन किनभने तिनीहरू निर्दोष र शुद्ध थिए । परमप्रभु परमेश्वरले आदम र हव्वालाई पालन गर्नका लागि केवल एउटा मात्र आज्ञा दिनुभएको थियो । तिनीहरूलाई असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू भनी आज्ञा दिइएको थियो । आदिबाट नै, परमप्रभु परमेश्वरले मानव जातिलाई छनोट गर्ने शक्ति दिनु भएको छ, र उहाँले हामीबाट यो शक्तिलाई कहिल्यै पनि फिर्ता लिनु भएको छैन ।
समय सुरु हुनुभन्दा अघि परमेश्वर हुनुहुन्थ्यो। उहाँले संसार र त्यसमा भएका सबै थोक बनाउनुभयो। परमेश्वरले उहाँको प्रेममा मानिसलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो र उसलाई एउटा सुन्दर बगैँचामा राख्नुभयो। परमेश्वरले दिनुभएका आज्ञाहरू मानिसले पालन गरेन। त्यस्तो अनाज्ञाकारिता पाप थियो र मानिस परमेश्वरदेखि अलग भयो। परमेश्वरले मानिसलाई तिनीहरूका पापका निम्ति निष्खोट जनावरहरूको बलि चढाउने आज्ञा दिनुभयो। त्यस्ता बलिदानहरूले तिनीहरूका पापको पूरा मूल्य त चुकाउँदैनथे, तर तिनले परमेश्वरले जुटाउनुहुने अन्तिम बलिदानलाई औँल्याउँथे। एक दिन परमेश्वरले उहाँका पुत्र येशूलाई सारा मानिसहरूका पापको अन्तिम बलिदान हुनका निम्ति यस संसारमा पठाउने योजना गर्नुभयो।
“परमेश्वर, तपाईं कहाँ हुनुहुन्छ?” “मलाई तपाईंको खाँचो छ।” “म तपाईंलाई चाहन्छु।” “मैले तपाईंलाई कसरी भेट्टाउन सक्छु?” के यो तपाईंको हृदयको सच्चा क्रन्दन हो? के तपाईंको सम्पूर्ण भावले उहाँसम्म पुग्दै गर्नुभएको, उहाँलाई खोज्दै गर्नुभएको, उहाँको चाहना राख्दै गर्नुभएको छ? तरपनि कसैगरी उहाँलाई नभेटेको जस्तो तपाईंलाई लाग्छ।
पवित्र परमेश्वरले मानिसलाई पापको दोषी भेट्नुभएको र मृत्युको फैसला सुनाउनुभएको छ भन्ने कुरा के तपाईंलाई थाहा छ? मानिसले यो अनन्त मृत्युबाट उम्कने हो र अनन्तको लागि बाँच्ने हो भने, उसले परमेश्वरको कृपालाई ग्रहण गर्नुपर्छ। यस अर्थमा कृपा भनेको मानिस दण्ड पाउने योग्य हुँदा हुँदै पनि परमेश्वरले उसबाट दण्ड हटाइदिनु हो। परमेश्वरले मानिसहरूमा आफ्नो कृपा बिना सर्त दिनुहुन्न, यद्यपि मुक्ति सित्तैँमा पाइन्छ, बिना मूल्य पाइन्छ, र कमाउन सकिँदैन। परमेश्वरले कृपा दिनु हुँदाको सर्त भनेको पश्चात्ताप हो।
यस क्षण तपाईं जीवित हुनुहुन्छ, तपाईंले श्वास फेर्नुहुन्छ, तपाईं हलचल गर्नुहुन्छ, वा काम गर्नुहुन्छ। तपाईं आरामको जीवन वा कष्टको जीवन जिउँदै गर्नुभएको हुनसक्छ। सूर्य उदाउँछ र अस्ताउँछ। कहीँ कतै बच्चा जन्मँदैछ। तर कहीँ कतै कोही मर्दै पनि छ। जीवनको सबै कुरा अस्थायी व्यवस्था मात्र हो। तर, मृत्युपछि तपाईं कहाँ जानुहुनेछ? चाहे तपाईं धर्म मान्ने मानिस हुनुहुन्छ होला, वा कुनै धर्म नमान्ने मानिस हुनुहुन्छ होला। तथापि तपाईंले यो सबैभन्दा महत्त्वपूर्ण प्रश्नको जबाफ दिनुपर्छ, किनकि यस संसारको छोटो जीवन पश्चात्, मानिस आफ्नो अनन्तको गन्तव्यमा जानेछ। (उपदेशक १२:५) तर कहाँ?
मादक-पदार्थ लागु-औषध अभिलाषा अपराध कारागार निराशा मृत्यु “किनकि पापको ज्याला मृत्यु हो” (रोमी ६:२३) तथ्यहरूको सामना गरौं। लागु-औषध, मादक-पदार्थ, र अनैतिकता जस्ता ती भयानक राक्षसहरूले परमेश्वरले बनाउनुभएको सौम्य र असल कुराहरूलाई सङ्कटमा पार्दैछन् र विनाश गर्दैछन्। सिकारीले आफ्नो पासोमा सिकार पारे जस्तै, यिनले जवान र वृद्ध दुवैलाई आफ्नो पासोमा पार्दैछन्।
यूहन्नाको सुसमाचार १०:१–१८ कसैले तपाईंको नाम लिएर तपाईंलाई बोलाउँदै गरेको तपाईंले सुन्नुभएको, तर त्यो आवाज कहाँबाट आइरहेको छ भन्ने तपाईंलाई थाहा नभएको, त्यस्तो कहिल्यै भएको छ? अथवा, हुनसक्छ, तपाईंको वरिपरि धेरै होहल्ला भएको कारणले गर्दा तपाईंले मुस्किलले सुन्नुभएको होला। सुन्नुहोस् त, तपाईंलाई एउटा आवाजले बोलाउँदै छ। हजुर, तपाईंलाई! तपाईं को हुनुहुन्छ? तपाईंको नाम के हो? तपाईं कहाँबाट आउनुभएको हो? तपाईं कहाँ बस्नुहुन्छ? तपाईं कहाँ जाँदै हुनुहुन्छ?
प्रार्थना भनेको परमेश्वर पितालाई येशू ख्रीष्टको नाउँमा चढाइने नम्र बिन्ती हो। प्रार्थना भनेको स्वर्गमा हुनुहुने प्रेमिलो पिताको सामु हामी आफैँलाई अभिव्यक्त गर्नु हो। प्रार्थनामा हाम्रो आत्माले हाम्रो बोलिएको शब्दहरूद्वारा वा विचारहरूद्वारा समेत पनि परमेश्वरसँग कुराकानी गर्दछ। हामीले परमेश्वरसँग सञ्चार गरेको उहाँ चाहनुहुन्छ। हामी उहाँको सामु कृतज्ञता, अनुरोधहरू र निराशाहरू लिएर आउन सक्छौं।